गगन थापाले भने: 'राष्ट्रपतिलाई अन्तिम पटक सुध्रिने मौका छ' - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

गगन थापाले भने: ‘राष्ट्रपतिलाई अन्तिम पटक सुध्रिने मौका छ’



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको टिप्पणी गरेका छन् ।

शुक्रबार ट्वीटरमार्फत थापाले राष्ट्रपति भण्डारीमा प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग भएको बताएका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले अघिल्लो दिन विश्वासको मत लिन सक्दिन भन्नु र भोलिपल्ट बहुमतको दावी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको थापाको भनाइ छ ।

थापाले भनेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल !’

उनले अगाडी थपेका छन्, ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम’