गगनले भने: वामपन्थीको घोषणापत्र उधारोमा होइन, नगदमा चाहिन्छ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

गगनले भने: वामपन्थीको घोषणापत्र उधारोमा होइन, नगदमा चाहिन्छ



काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले ओली सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। वाम गठबन्धनले धेरैथरी बाचा गरेर चुनाव लडेकाले त्यसलाई पूरा गर्ने दिनगन्ती सुरु भएको बताएका हुन्।

‘प्रधानमन्त्रीले तैंले हाम्रो घोषणापत्र कन्ठस्थ पारेर आइछस् भन्नुहोला’, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बसेको संसद बैठकमा बोल्दै नेता थापाले भने, ‘कन्ठ पार्ने मात्रै होइन, संसद्‌मा दोहोर्‍याएको दोहोर्‍याई गर्छु।’

वाम गठबन्धनको घोषणापत्रका बुँदा उल्लेख गर्दै नेता थापाले भने, ‘अब किन्तु, परन्तु चल्दैन। नो इफ, नो वट, अब परिणाम चाहिन्छ। त्यो पनि उधारो होइन, खनखन नगदमा चाहिन्छ।’