गगन लगायत १२ प्रभावशाली नेताको कांग्रेसमा फरक मत ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गगन लगायत १२ प्रभावशाली नेताको कांग्रेसमा फरक मत !



काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १२ जना युवा नेताले पार्टी पुनर्संरचनाका लागि भन्दै छुट्टै धारणा पेश गर्ने तयारी गरेका छन् ।

बुधबार साँझ ५ बजे बस्ने केन्द्रीय समिति बैठकमा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादवर किरण यादवले सामूहिक रुपमा छुट्टै धारणा पेश गर्न लागेका हुन् ।

‘निर्वाचन समिक्षा र आगामी कार्यदिशकोको सम्बन्धको कार्यसमितिमा प्रस्तुत धरणा’ नाम दिइएको राजनीतिक प्रस्तावमा पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयको समीक्षा, कमी, कमजोरी र पार्टीले आगामी दिनमा लिनुपर्ने कार्यदिशाको सम्बन्धमा उल्लेख गरिएको छ ।

‘चुनावमा पार्टी पराजयको कारण, कमजोरी र कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउनका लागि खेल्नु पर्ने भूमिका समेटिएको छ’ प्रस्तावक मध्येका एक केन्द्रीय सदस्य धनराज गुरुङले लोकान्तरसँग भने ।
मंसिर २९ शुरु भएर मंगलबार(हिजो) सकिने भनिएको कांग्रेस महासमिति बैठक केही विवाद र विधान छपाइमा भएको ढिलाई का कारण केही दिन अझै चल्ने भएको छ ।