अध्यादेशबारे गगन थापाका दुईथरी भाका - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

अध्यादेशबारे गगन थापाका दुईथरी भाका



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशबारे दुईथरी भाकामा विरोध गरेजस्तै गरेर ढाकछोप गर्ने प्रयास गरेका छन् । उनले पहिले ओलीले अध्यादेश ल्याउँदा समर्थन गर्नेले अहिले विरोध गर्न नपाउने बताएका छन् ।

त्यतिमात्र होइन गगनले अहिले अध्यादेश ल्याउनेले उतिबेला गरेको विरोधबारे माफी माग्नुपर्ने बताएका छन् ।उनले संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरे पनि गलत नै भएको बताएका छन् ।

उनले तत्कालिन ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नभएको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन÷हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।

सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷ हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।”