गगन भन्छन - पार्टीको माथिल्लो तहमा जागरण आवस्यक छ - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

गगन भन्छन – पार्टीको माथिल्लो तहमा जागरण आवस्यक छ



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई मथिल्लो तहसम्म आवश्यक रहेको बताए ।

आज दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले आयोजना गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरुका लागि पनि हुन आवश्यक रहेको बताए ।

‘अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ’, उनले भने, ‘माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन ।’

पार्टीभित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको भनाइ छ । काङ्ग्रेसमा व्याप्त गुट–उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेकोसमेत उनको भनाइ थियो ।

उनले पार्टीमा केन्द्रीयस्तरका नेताभन्दा तल्लो तहका कार्यकर्ताको समर्थनले नै काङ्ग्रेस जोगिएकोसमेत बताए । रासस