गगनले दिए देउवालाई यस्तो चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गगनले दिए देउवालाई यस्तो चेतावनी



नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।

नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन् । शनिबार काठमाण्डुमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए ।

नेता थापाले विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई चितावानी समेत दिए । उनले आउँदो चुनावमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए ।