गगन थापाले दिए शेरबहादुर देउवालाई कडा चेतावनी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

गगन थापाले दिए शेरबहादुर देउवालाई कडा चेतावनी



काठमाडौं : नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । उनले पार्टीको बिधान मिचेर अन्ट-सन्ट गर्ने अधिकार देउवालाई नभएको पनि बताए ।

‘पार्टीमा एक पछि अर्को निर्णय हुँदा हामीले ताली बजाएर हो मा हो भनिदिनपर्ने?’ थापाले प्रश्न गर्दै भने, ‘अहिले विभाग बनाउनु गलत।’ उनले भने ।

नेपाली कांग्रेसको सिटौला पक्षले आयोजना गरेको भेलामा थापाले सरकारलाई कोरोनाको जोखिम कम गर्न कांग्रेसले सहयोग गर्ने समेत बताएका छन्।

उनले प्रधानमन्त्री केपी ओलीले कोरोनाको जोखिम कम गर्न कांग्रेसको मद्दत माग्नुपर्ने तर्क गरे।

नेपाली कांग्रेसको सिटौला पक्षले आयोजना गरेको भेलामा थापाले सिटौलाको नेतृत्वमा शक्ति वढाएर परिर्वतनको पक्षमा उभिने बताए।

‘शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने हो,’ उनले भने। नेपाली कांग्रेसले विधान मिचेर विभाग गठन गरेको भन्दै उनले सभापति शेरबहादुर देउवाको आलोचना गरे।

उनले सभापतिको सबैभन्दा मुख्य जिम्मेवारी महाधिवेशन गराउने भएको बताए। ‘सभापतिको सफलता असफलता महाधिवेशन समयमा गराउन सक्नु हो,’ उनले भने, ‘इन्तु परन्तु केही नभनेर महाधिवेशन गर्नुपर्छ।’

विधान मिच्ने काम बन्द गर्न उनले देउवालाई चेतावनी दिए। उनले पार्टीलाई ठिक ठाउँमा राख्न आफ्ना समुहका नेता कार्यकर्ताको मत्वपूर्ण भुमिका भएको बताए।

‘प्रतिपक्षको भुमिकामा हामी चुकिरहेका छौँ। पार्टी भित्र हाम्रो अर्को जिम्मेवारी छ, पार्टीलाई ठिक ठाउँमा राख्ने। कोही नेता अलमिलिनु जरुरी छैन। विधानको पालना गराउने पक्षमा हामी कृष्ण सिटौलाको नेतृत्वमा अघि बढ्छौ।’