गगनले भने : देउवालाई कसले दियो यो अधिकार ?
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।”
नेता थापाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा आपत्ति जनाए । “सहमति पत्र सार्वजनिक गर्ने क्रममा प्रभानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैँ सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्छ”, उनले भने।
शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट संयोजक चन्द्रकान्त राउत (सिके) समूहसँग ११ बुँदे सहमति भएको थियो । राष्ट्रियसभाका सांसद रामनारायण विडारीले सहमति सकारात्मक भएको भन्दै त्यसमा प्रयोग गरिएको सहमतिसमेत संवैधानिक भएको बताए ।
“भ्रम छर्ने तरिकाले अर्थ लगाउन खोजिएको छ, ती आशंका र आरोप मात्र हुन, किन भने स्वाशासन भनेको संविधानबाट प्राप्त अधिकार हो, त्यो संविधानको प्रस्तावना मै छ”, उनले भने, “सांसद विडारीका अनुसार सहमतिमा उल्लेख गरिएको जनमत सङ्ग्रह भन्ने शब्दलाई पनि अपव्याख्या गर्न खोजिएको छ ।” रासस