गठबन्धन समाप्त भएको गगनको घोषणा, साँझ ओलीसँग पुनः वार्ता हुने - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

गठबन्धन समाप्त भएको गगनको घोषणा, साँझ ओलीसँग पुनः वार्ता हुने



प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजे प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाकाअनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।

थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ । अब सरकार रहने कि नरहने, अंकगणित के हुने भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय विश्वसनियताको कुरा भइसक्यो भन्ने उहाँको धारणा हो ।’

थापाले अब अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताए ।