गगनको व्यंग्य: यो वर्ष त देशमा चमत्कार, धन्यवाद मेरो सरकार - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

गगनको व्यंग्य: यो वर्ष त देशमा चमत्कार, धन्यवाद मेरो सरकार



काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले कोरोना भाइरसको प्रभावलाई सही मूल्यांकन नगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको भन्दै व्यंग्य गर्दै असन्तुष्टि पोखेका हुन् ।

‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिएँ, अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ,’ थापाले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘ढुकुटी पनि दह्रै रहेछ। साधन, स्रोत प्रशस्तै रहेछ ।’

थापाले अगाडि लेखेका छन्, ‘ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेशमा भएको कोही पनि आत्तिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !’