गगन र विश्वप्रकाश महामन्त्री पक्का, देउवा प्यानललाई अर्को झट्का - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गगन र विश्वप्रकाश महामन्त्री पक्का, देउवा प्यानललाई अर्को झट्का



नेपाली कांग्रेसको महामन्त्रीमा आधाभन्दा बढी मतगणना भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साढे ११ बजेसम्म २५२० मत गन्दा गगन थापाले १६४८ मत पाएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेका विश्वप्रकाश शर्माले १०१९ मत पाएका छन् भने ८२७ मत सहित प्रकाश शरण महत तेस्रो स्थानमा छन्।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले ७४६, मिनेन्द्र रिजालले ४३६ र राजाराम कार्कीले ६४ मत पाएका छन्।

पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेका छन्। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।

यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।