कांग्रेसमा विवाद: गगन र विश्वप्रकाशबीच मत बाझियो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

कांग्रेसमा विवाद: गगन र विश्वप्रकाशबीच मत बाझियो



काठमाडौं–आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीबीच मत बाझिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच आपसमा फरक मत आएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले चुनाव एक्लै लड्नुपर्ने बताए । अर्का महामन्त्री शर्माले भने गठबन्धनसहित चुनावमा जानुपर्नेमा जोड दिए ।

‘नेपालमा कम्युनिष्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौ।’ उनले भने, ’ महामन्त्री थापाले भने । ‘के अबको निर्वाचनमा कम्युनिष्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर भन्न जाने हो त? उनले प्रतिप्रश्न गरे । लाखौ मतदाता नयाँ भएकाले मतदातालाई आज रुख बाहेक अरुमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बन्न आँउछन त भन्ने उनको प्रश्न थियो।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले विगतमा प्राप्त गरेको मत प्रस्तुत गर्दै आवश्यकता अनुसार गठबन्धन गर्नुपर्नेमा जोड दिए। ‘विगत हेर्दा कही कांग्रेस बलियो छ, कही कमजोर छ त्यसैले आवश्यकता अनुसार गठबन्धन गरेर जानुपर्छ ।’ उनले भने ।