महामन्त्रीमा गगन थापा विजयी, हजार मत गन्न अझै बाँकी - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

महामन्त्रीमा गगन थापा विजयी, हजार मत गन्न अझै बाँकी



काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए।

चुनावमा ४६७९ मत खसेको थियो। जसमध्ये ३६२० मत गणना भइसकेको छ। यसमा थापाले २३४८ मत पाएका छन्। थापालाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १४७७ मत पाएका छन्। तेस्रो भएका प्रकाशशरण महतले ११९० मत पाएका छन्।

अब गन्न बाँकी १०५९ मत छ। सो सबै मत अहिले तेस्रो भइरहेका महतले पाएमा पनि गगन थापालाई भेट्न सक्दैनन्। त्यसैले थापाको जित निश्चित भइसकेको हो।

थापा सभापतिका उम्मेदवार शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका हुन्। सोही प्यानलबाट धनराज गुरुङ उपसभापति भइसकेका छन्।