सरकारका ‘अरिंगाल’बाहेक कोही पनि सुरक्षित हुदैनन् :नेता थापा - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

सरकारका ‘अरिंगाल’बाहेक कोही पनि सुरक्षित हुदैनन् :नेता थापा



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अभिव्यक्ति स्वतन्त्रता र अधिकारलाई कुन्ठित गर्ने सरकारको कदमविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले बहुमतको बलमा सूचना प्रविधि विधेयक पास भए सरकारका ‘अरिंगाल’बाहेक कोही पनि सुरक्षित नहुने भन्दै विधेयकविरुद्ध उत्रिन आह्वान गरे ।

उनले प्रस्तावित कानुन संविधान, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको जिकिर गर्दै विधेयकविरुद्ध बोल्न, लेख्न र जनमत निर्माण गर्न सांसद तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई अपिल गरे ।

उनले विधेयकमा सामाजिक सन्जालमा कसैलाई होच्याउने, धम्क्याउने आशयले केही लेखे पाँच वर्ष कैद वा १५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको भन्दै ‘जिस्क्याउने, झुक्याउने र होच्याउनेको परिभाषा के हो ?’ भन्दै प्रश्न गरे ।