गगनले झनै बढाए अग्रता, पछि परे विश्वप्रकाश - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगनले झनै बढाए अग्रता, पछि परे विश्वप्रकाश



नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

५०० मत गन्दा गगनले ३२५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६मत प्राप्त गरेका छन् ।

महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।