गगन थापाले सुरु गरे आन्दोलन: सिंहदरबारभित्र छिर्ने चेतावनी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गगन थापाले सुरु गरे आन्दोलन: सिंहदरबारभित्र छिर्ने चेतावनी



काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन कुमार थापा धर्नामा उत्रिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भइरहेको सडकको विषयलाई लिएर थापा धर्नामा उत्रिएका हुन् । नेता थापासहितको टोलीले शुक्रबार मध्याह्न ललितपुरको पुलचोकस्थित सडक विभागको कार्यालय अगाडि धर्ना दिएको हो ।

सडक निर्माणमा भइरहेको ढिलाइबाट प्रभावित स्थानीयसहित नेता थापा धर्ना दिन पुलचोक पुगेका थिए ।

धर्नामा उत्रिएका स्थानीयहरुले ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ,’ ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो,’ ‘कुसीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बाटो मर्मतका लागि जति गुहारेपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको नेता थापाको भनाइ थियो ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न ठाउँमा सडक निर्माण गर्ने काममा ढिलासुस्ती भएको तथा बनाइएको बाटोमा पनि गुणस्तरीय काम नभएको थापाले बताए ।

‘आजको यो धर्ना सांकेतिक आन्दोलन हो,’ थापाले भने, ‘काम भएन भने हामी सिंहदरबारभित्र छिरेर मन्त्रालयमा धर्ना दिन्छौं ।’