सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने मुख बन्द हुँदैनन्: गगन थापा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने मुख बन्द हुँदैनन्: गगन थापा



काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउको चर्को विरोध गरेका छन् ।

नेता गगन थापाले झाँक्रीको पक्राउको भर्त्सना गर्दै राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको भन्दै विरोध गरेका हुन् ।

सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।

उनले भनेका छन्:

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।