झलनाथ भन्छन्: गद्दारहरूले कारबाही गरेर रौँ पनि हल्लिन्न - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

झलनाथ भन्छन्: गद्दारहरूले कारबाही गरेर रौँ पनि हल्लिन्न



काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिँदै ओलीजस्ता ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् ।

सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् । उनले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ पनि हल्लिदैन ।’

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गर्नुका साथै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारबाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।

कारबाहीमा परेका खनाल ३० वर्षको उमेरमा पार्टीको महासचिव बनेर नेतृत्व गरेका थिए भने माधव नेपालले १५ वर्ष पार्टीको शक्तिशाली महासचिव भएर पार्टीको नेतृत्व गरेका थिए ।