झन्डै रुवाएनन गच्छदारले... - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

झन्डै रुवाएनन गच्छदारले…



शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका उपसभापति गच्छदारले मर्मस्पर्षी अभिव्यक्ति दिएका छन् । उनले पार्टीमा पछिल्लो समय आफ्नो कुनै हैसियत नभएको जस्तो महसुस भएको बताएका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्र साठी र चालीस प्रतिशतको भागबण्डामा पद र जिम्मेवारी बाँडफाँट हुन थालेपछि विजयकुमार गच्छदारले आफु कता परेको भन्ने सम्म पनि थाहा नभएको बताएका छन् ।

कांग्रेसका एक नेताका अनुसार उपसभापति गच्छदारले बैठकमा निकै गुनासो पोखेका छन्, उनले मर्मस्पर्षी तरिकाले गुनासो पोक्दा झन्डै रुवाएनन, उनले भने ।

पार्टीका विभिन्न विभागहरूको गठनबारे पार्टी पदाधिकारी तथा शीर्ष नेताहरूबीच सभापति देउवाको निवासमा सोमबार बिहान बुढानिलकण्ठमा भएको अनौपचारिक छलफलका क्रममा गतवर्ष निर्वाचनको पूर्वसन्ध्यामा फोरम लोकतान्त्रिक पार्टीलाई मिसाएर कांग्रेस उपसभापति बनेका गच्छदारले नेतृत्वको रवैयाप्रति असहमति प्रकट गरेका हुन् ।

पार्टी एकीकरण गर्दादेखि नै आफूलाई केन्द्रीय समिति सदस्यमा १५ जना सदस्य मनोनीत गर्ने आश्वासन दिएपनि अहिलेसम्म नभएकोमा आक्रोश व्यक्ति गरेका छन् ।

‘म कता हो ? साठी कि चालीसमा ?’, गच्छदारको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मसँगै आएका साथीहरुलाई पार्टीमा कहिँ भूमिका दिनु पर्दैन ?’ पार्टीमा दुई नेताबीच भागवण्डाको कुरा चल्दा उनले आफूलाई पनि विभागहरुको भाग चाहिने बताउँदै यदि यसरी नै नेताहरुले आपसमा बाँडिचुढी गर्ने हो भने आफू दुबै नेताको विरुद्धमा उत्रने धम्की दिएका थिए ।