भगवतीसंग किन डराए गच्छदार ?
धरान –
कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध
सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।
गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको
अन्तरले पराजित गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पटक पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालन
गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।