घोराहीमा बन्दै फनपार्क - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घोराहीमा बन्दै फनपार्क



पश्चिम नेपालमा पहिलो पटक क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा घोराही उपमहानगरपालिका वडा न. १० मा दक्षिण अम्राईमा ”मनोरञ्जन उद्यान” निर्माण हुने भएको छ ।

घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा रहेको उक्त निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिए ।

“बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावतले बताए । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्धेश्यका लागि पनि सहायक सिद्ध हुने कुरामा आफू विश्वस्त रहेको कुरा उनले बताए ।

बाल मनोरञ्जनका सम्पुर्ण सामानहरु तथा स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानका सबै चिज पार्कमा उपलब्ध हुने कुरा रावतले जानकारी दिए । करीब ३५ प्रतिसत काम सकिएको पार्क व्यवसायीक दश जना सेयर सदस्यहरुको लगानीमा खोल्न लागिएको हो ।

एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट आदिलाई पनि पार्क भित्रै संचालनमा ल्याउन तयारी गरीएको अर्का सेयर सदस्य अभियान बस्नेतले जानकारी दिए । गोरक्ष रत्न पात्र देव गुठिको करीब चार बिगाह जग्गा ३० बर्षकालागी भाडामा लिई पार्क संचालनमा ल्याउन लागिएको जानकारी बस्नेतले दिए ।

“बिदेशमा क्रिडा तथा मनोरञ्जनका लागि प्रशस्त स्थानहरुको व्यवस्था गरिएको छ । तर नेपालमा त्यस्तो संस्कृतिको बिकास अझै भएको छैन । तसर्थ मानवीय जीवनमा मनोरञ्जन आवश्यक्ता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याउन लागीएको हो ।” सेयर सदस्य सुसील गीरीले जानकारी दिए ।

निर्माणाधिन उक्त फनपार्कका सेयर सदस्यहरुमा अभियान बस्नेत, पोषण बिक्रम रावत,सुसिल गिरी,नरेश श्रेष्ठ,नबराज श्रेष्ठ,रुपक थापा,मीन राज घिमिरे, धन बहादुर के.सी, सुनिल गीरी र अनिल बस्नेत रहनुभएको छ ।