फुलवार कृषि सहकारीको सातौ वार्षिक साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फुलवार कृषि सहकारीको सातौ वार्षिक साधारण सभा सम्पन्न



राजेन्द्र रावल / बौनिया , कैलाली ।
शनिबार एक कार्यक्रमका बिच फुलवार कृषि सहकारी संस्था बर्दगोरिया २ बौनियाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिपा चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै बर्दगोरिया गाउपालिका अध्यक्ष वलीराम डगौरा थारुले बर्दगोरिया गाउपालिका भित्र छरीयर रहेका सहकारी हरुले बार्षिक कार्ययोजना सहीत गाउपालिकामा आयमा सहकारी हरुलाई गाउपालिकाले छनौट गर्दै उत्कृष्टका आधारमा सहयोग गर्न गाउपालिका तयार रहेको कुरा व्यत्त गर्नु भएको थियो ।

डगौराले गाउपालिका सहकारी हरु संग समन्वय गर्दै अगाडी बड्न तयार रहेको कुरामा समेत जोड दिनुभएको थियो । गाउपालिका अध्यक्ष डगौरा थारुका अनुसार गाउपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरुले नियमीत साधारण सभा गर्न नसकी रहेको अवस्थामा फुलवारले आफ्ना क्रियाकलापहरुले नियमीत ढंगले सञ्चालन गर्दै गइरहेको भन्दै धन्यवाद समेत व्यत्त गर्नु भएको थीयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै वडा नं. २ का अध्यक्ष भेखुराम चौधरीले कुनै पनी संस्थालाई स्थानीय निकायले बारम्बार सहयोग गर्न नसक्ने कुरामा जोड दिदै संघ संस्था हरुले प्राप्त सहयोगको सदुपयोग गर्नु पर्ने बताए । डगौरा थारूले आर्थीक सम्पन्नता मात्र विकास नभएर समाज सुधार समेत विकासको एक अभीन्न अंग रहेको भन्दै त्यस तर्फ फुलवार खेलीरहेको भुमीकाको प्रसंसा गर्नु भएको थीयो ।

सोही अवसरमा बिशिष्ट अतिथिको रुपमा उपस्थित मुक्त कम्लहरी विकास मञ्च कैलालीका अध्यक्ष विष्णा चौधरीले मुक्त कम्लहरीहरुले कैलाली जिल्ला भरी सञ्चालन गरीरहेका १२ वटा सहकारी हरु मध्य फुलवार उत्कृष्ट सहकारीको रुपमा स्थापीत रहेको भन्दै संस्थाको थप प्रगतीको कामना गर्नु भएको थीयो ।

कार्यक्रममा सुजाता चौधरी,दिपशिखा कृषी सहकारी संस्थाका अध्यक्ष हिरा मोती चौधरी,ज्योती कृषी सहकारी संस्थाका अध्यक्ष फुलमती चौधरी,युएस आइडीका प्रतीनिधि अर्जुन चौधरी,बर्दगोरिया संरक्षण मञ्चका अध्यक्ष खडक डगौरा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थीयो ।

साधारण सभामा संस्थाका सचिव गरीमा चौधरीले आर्थीक बर्ष २०७४÷७५ को ८५ लाख ४३ हजार ३ सय ७२ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको अवसरमा गिता चौधरी,राधा कुमारी चौधरी,रजनी चौधरी र पार्वती डगौरालाई प्रोत्साहन पत्रबाट र रेनु चौधरी,मन्थुरीया देवी थारु र रिना कुमारी कठरीया लाई सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथि,बिशिष्ट अतिथि र अध्यक्षले सम्मान गरेका थीए ।

संस्थामा हाल २९१ महिला र ७२ पुरुष सहीत ३६३ सदस्य रहेका छन् । व्यवस्थापक परिमला चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य ज्योती चौधरीले गर्नु भएको थियो ।