फुजेल काण्ड: मुख्य आरोपीलाई स्वागत गर्न प्रचण्ड आफै जाने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

फुजेल काण्ड: मुख्य आरोपीलाई स्वागत गर्न प्रचण्ड आफै जाने



चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनाले सफाइ दिएसँगै मुख्य आरोपी मध्येका एक छविलाल पौडेल सोमबार कारागार मुक्त हुने भएका छन् ।

असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पौडेललाई लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैं जाने भएको पौडेलकी छोरी पम्फा अधिकारीले बताएकी छिन्। ‘हामी चितवनबाट काठमाडौं आउँदै छौं,’ उनले भनिन्,’भोली उहाँलाई स्वागत गर्न प्रचण्ड नै आउँदै हुनुहुन्छ।’

अध्यक्ष दाहालको सचिवालय स्रोतकाअनुसार उनी छविलाललाई  कारागार मुक्त गरेसँगै डिल्लीबजारमा आयोजित हुने स्वागत कार्यक्रममा सहभागी हुने छन्।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो। कान्तिपुरबाट ।