फुच्ची जमुनाको गजल संग्रह ‘पैतालामा जिन्दगी’ सार्वजनिक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

फुच्ची जमुनाको गजल संग्रह ‘पैतालामा जिन्दगी’ सार्वजनिक



काठमाडौं /भदौ २६

फुच्ची जमुनाद्धारा लिखित गजल संग्रह ‘पैतालामा जिन्दगी’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ सँस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीले संग्रह सार्वजनिक गरे ।

कार्यक्रममा बरिष्ठ गीतकार उषा शेरचन, त्रिभुवन विश्वविद्यालयका नेपाली विभाग प्रमुख डा.खगेन्द्र लुईटेल, प्रकाशन संस्था बुलबुल प्रकाशनका अध्यक्ष एवं पत्रकार अच्युत घिमिरे, अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुजन वैद्य लगायतले लेखक फुच्चीको बारेमा बिभिन्न चर्चा गरे ।

कार्यक्रममा सँस्कृतिविद् जोशीले साहित्य सिर्जनामा युवापुस्ताको सहभागिता महत्वपूर्ण भएको बताए । ‘देशको कला, संस्कृति र सम्पदा राष्ट्रको पहिचान, यसलाई जोगाउने हाम्रो अभियान’ भन्ने मुलमन्त्र बोकेर राष्ट्रिय सम्पदा विकास समाज आएको कार्यक्रममा जानकारी दियो ।