फर्किए प्रधानमन्त्री: होला त तोकिएकै समयमा निर्वाचन - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

फर्किए प्रधानमन्त्री: होला त तोकिएकै समयमा निर्वाचन



काठमाडौं- चुनावको तयारी र पार्टीको विवादबारे छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास फर्किएका छन् ।

मंगलबार बिहान निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे छलफल गरेर फर्किएका हुन् ।

वैशाख १७ र २७ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री आफैं निर्वाचन आयोगमा पुगेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग पुगेका ओलीले सोमबार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

पत्रकारसँग कुराकानी गर्दै थापाले भने, ‘आयोगका अधिकारीले निर्वाचनको तयारीमा गरिरहेको कामको प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको छ । छलफल निर्वाचनसँग मात्र केन्द्रित भएको छ । ‘

छलफलमा आवश्‍यक सुरक्षा र बजेट व्यवस्थाबारे पनि छलफल भएको थापाले बताए ।