फ्रान्सले विश्वकप जित्ने ओप्टाको यस्तो खुलासा ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

फ्रान्सले विश्वकप जित्ने ओप्टाको यस्तो खुलासा !



विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक अध्ययनमा फ्रान्सले विश्वकप जित्ने सम्भावना ४१ प्रतिशत देखाएको छ। यस्तै अध्ययनले दोस्रोमा बेल्जिमय(२१ प्रतिशत), तेस्रोमा क्रोएशिया(२० प्रतिशत) र चौथोमा इंग्ल्याण्ड(१८ प्रतिशत)को विश्वकप सम्भावना देखाएको छ।

कसरी गरियो अध्ययन?
ओप्टाले प्रत्येक टोलीको विगतको आक्रामक र रक्षात्मक शक्ति र विश्वकपको प्रदर्शनलाई आधार मान्दै सो नतिजा निकालेको दाबी गरेको छ।

विश्वकप सुरु हुनुभन्दा चारवर्षअघि देखिका आधिकारिक खेलहरुमा आएको नतिजा बमोजिम टोलीको आक्रामक र रक्षात्मक शक्तिको अध्ययन गरिएको उल्लेख गरिएको छ। टोलीले विश्वकप छनोट, कन्फेडेरेशन च्याम्पियन्ससिप, मैत्रीपूर्ण खेलहरु, फिफा कन्फेडेरेशन कप तथा २०१० र २०१४ को विश्वकपका प्रदर्शनलाई आधार मानिएको ओप्टाले उल्लेख गरेको छ।