फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको पुष्टि, ओमिक्रोनभन्दा संक्रामक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको पुष्टि, ओमिक्रोनभन्दा संक्रामक



एजेन्सी- भर्खरै मात्र कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोनको चर्चा सेलाउन नपाउँदै अर्को नयाँ प्रजाति भेटिएको पुष्टि भएको छ ।

ओमिक्रोनले विश्वलाई नयाँ चुनौटीमा धकेलेको बेला नयाँ प्रजाति भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । फ्रान्समा आज कोरोनाको नयाँ भेरिएन्ट आइएचयू (बी.१.६४०.२) संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

फ्रान्सका वैज्ञानिकले आएचयूका १२ वटा संक्रमण फेला पारेको पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रारम्भिक प्रतिवेदनमा नयाँ भेरिएन्ट ४६ वटा म्युटेन्ट मिलेर बनेको र यो अहिलेको ओमिक्रोनभन्दा पनि संक्रामक हुनसक्ने बताइएको छ ।

मेडआरजिभ नामक एक स्वास्थ्य प्रतिवेदनमा प्रकाशित विवरणमा जनाइएअनुसार आएचयू भेरिएन्टमा ४६ म्युटेसन र ३७ डिलेसन रहेको उल्लेख छ ।

नयाँ भेरिएन्टको भेरिएन्टलाई डब्लुएचओले वर्गीकरण गर्ने बताइएको छ । नोभेम्बर अन्तिममा डब्लुएचओले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्नमा समावेश गरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को यसबारे विवरण आउन बाँकी छ । डब्लुएचओले आजै यसबारे पत्रकार सम्मेलन गर्ने जनाइएको छ । फ्रान्सेली वैज्ञानिकले आएचयू भेरिएन्टको असरबारे प्रमाणित हुन केही साता लाग्ने बताएका छन् ।