फ्रान्सका प्रशिक्षकले बनाए यस्तो रेकर्ड - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

फ्रान्सका प्रशिक्षकले बनाए यस्तो रेकर्ड



काठमाडौं– फ्रान्सले २० वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक जितेको थियो। घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो।

२० वर्षअघि फ्रान्सलाई इतिहासकै ठूलो उपलब्धि दिलाउन डिडियर डेस्चाम्सले कुशल कप्तानी गरेका थिए। डेस्चाम्सकै कप्तानीमा फ्रान्सले २००० मा युरो कपको पनि उपाधि जितेको थियो।

उनै डेस्चाम्सलाई आइतबार प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जित्दै रेकर्ड बनाएका छन्।  फ्रान्सले आइतबार भएको २०१८ फिफा विश्वकपको फाइनलमा क्रोएसियालाई ४-२ गोलले पराजित गर्दै उपाधि जितेपछि डेस्चाम्सले रेकर्ड बनाएका हुन्।

डेस्चाम्सले  फ्रेन्च टिमलाई कुशल प्रशिक्षण दिँदै दोस्रो पटक उपाधि जिताउन सफल भए।

डेस्चाम्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जित्ने तेस्रा व्यक्ति हुनेछन्। यसअघि ब्राजिलका मारियो जगाल्लो  र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनेका थिए।

मारियोले ब्राजिलबाट १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचालेका थिए। फ्रान्जले १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जितेका थिए।