फ्रान्सले विश्वकप जित्नसक्ने यस्ता छन ३ आधार - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

फ्रान्सले विश्वकप जित्नसक्ने यस्ता छन ३ आधार



काठमाडौं– फिफा विश्वकपको फाइनल पुगेको टिमले सबै प्रकारका बाधालाई चिरेको हुन्छ नै आफ्नो उत्कृष्ट क्षमता पनि देखाएको हुन्छ।

फाइनल पुगेका सबै खेलाडीलाई जीवनकै उत्कृष्ट अवसर हुनेछ, विश्वकप विजेता टिमको सदस्य बन्ने।

२०१८ फिफा विश्वकपको फाइनलमा पुगेको फ्रेन्च टिमका खेलाडीको पनि यस्तै लक्ष्य छ। उनीहरु उपाधिका लागि हकदार पनि छन्। फाइनलमा पुगेको अर्को टिम क्रोएसियालाई हराउन सजिले हुनेछैन, तर असम्भव पनि छैन।

फिफाले तीन वटा आधार प्रस्तुत गर्दै फ्रान्सले विश्वकप २०१८ को उपाधि जित्न सक्ने उल्लेख गरेको छ।

१. दृढता 
फ्रान्स रक्षापंक्तिमा मात्र होइन अग्रपंक्तिमा पनि बलियो छ। प्रतियोगिता सुरु भएदेखि फ्रान्स अहिलेसम्म ९ मिनेट मात्र खेलमा पछाडि परेको छ।

डिफेन्डर एनगोलो कान्टेले अहिलेसम्म ४८ पटक विपक्षीबाट बल खोस्न सफल भएका छन्। जुन प्रतियोगिताकै सर्वाधिक बल खोस्ने रेकर्ड हो। फ्रान्सका गोलकिपर हुगो लोरिसले पछिल्ला सात प्रहारलाई विपल परेका छन्। फ्रान्सले पछिल्ला ११ खेलमा ७ खेलमा जित हात पारेको छ। फ्रान्स ११ मध्ये १० खेलमा बल नियन्त्रण अघि रहको थियो। अर्जेन्टिना बिरुद्धको खेलमा युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरेर सन् १९९८ मा पेलेले बनाएको कीर्तिमान बराबरी गरेका थिए।

२. टिम भावना 
‘विश्वकपले कुनै एक खेलाडीको क्षमतालाई सम्मान गर्दैन, टिम भावनालाई मान्छ,’ बेल्जियमका प्रशिक्षक रोबार्टो मार्टिनेजले फ्रान्ससँग सेमिफाइनलमा पराजित भएपछि भनेका थिए।

फुटबलमा खेलाडीको क्षमता भएर मात्र पुग्दै टिममा रहेका प्रत्येक खेलाडीले आफ्नो स्थानमा निर्णायक योगदान दिन सक्नु पर्छ। चाहिएको बेला जुन खेलाडीले पनि गोल गर्न सक्नु पर्छ। जसको उदाहरण फ्रेन्च टिम बनेको छ। जारी विश्वकपमा फ्रान्सका फरवार्ड, मिडफिल्डर र डिफेन्डरले गोल गरेका छन्। चाहिएको बेला फरवार्डले पनि गोल बचाएका छन्।

यस्तै सब्सिच्युट खेलाडीले खेल भावना बुझ्ने र मैदानमा रहेका खेलाडीलाई उत्प्रेरणा दिने काम पनि फ्रेन्च टिममा छ। गोल गरेपछि सबैभन्दा पहिला खुसी मनाउन फ्रान्सका सब्सिच्युट खेलाडी देखिने गरेका छन्। यस्तै गोलकिपरदेखि सहायक प्रशिक्षक तथा अन्य अफिसिलले फ्रेन्च टिममा योगदान दिएका छन्। जसले गर्दा सिंगो फ्रेन्च टिममा एउटै भावना रहेको छ।

३. इतिहास 
फ्रान्सले २० वर्षअघि पहिलोपटक उपाधि जितेको थियो। त्यहि इतिहास दोहोर्‍यान फ्रान्सले मिहिनेत गरिरहेको छ। २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो। त्यहि क्रोएसियालाई अब फाइनलमा हराउनु पर्ने अवस्था छ।

२० वर्षअघि डिडियर डेस्चाम्सले कप्तानको रुपमा विश्वकपको उपाधि उचालेका थिए। अब उनी समक्ष प्रशिक्षकको रुपमा उपाधि उचाल्ने अवसर छ। यसअघि ब्राजिलका मारियो जगाल्लो  र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनेका थिए।

मारियोले ब्राजिलबाट १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचालेका थिए। फ्रान्जले १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जितेका थिए।