यसकारण फोरम सरकारमा नजाने
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच मंगलबार एकता भएको छ ।
संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी टे«ड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियनबीच श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासंघ बनेको हो ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि संघर्षरत दुई संगठन एक हुनु राम्रो भएको बताए ।
संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउँदै उनले भने, “जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गर्छौँ ।”
अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए । रासस