त्यो ४५ मिनेट जसले भारतलाई घुँडा टेकायो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

त्यो ४५ मिनेट जसले भारतलाई घुँडा टेकायो



एजेन्सी – न्यूजिल्याण्डले क्रिकेट विश्वकप २०१९ को सेमिफाइनल खेलमा बुधबार भारतलाई १८ रनले पराजित गर्दै उसको उपाधि जित्ने सपना चकनाचुर बनाइदियो।

न्यूजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारतले २ सय २१ रनमात्रै बनाउँन सक्यो। हारपछि भारतीय टोलीका कप्तान विराट कोहली निकै दुखी देखिए।

खेलपछि उनले भने, ‘हारलाई स्वीकार गर्न सकिरहेको छैन्। तर, न्यूजिल्याण्ड जितको हकदार थियो। पहिलो हाफमा हाम्रो प्रदर्शन राम्रो थियो। हामीले साेचेका थियौं कि न्यूजिल्याण्डलाई हामीले हराउँन सक्ने स्कोरमा रोकेका थियौं। तर उनीहरुको जसरी बलिङ गरे त्यसका अघि हामीले घुँडा टेक्यौं।’

५९ बलमा ७७ रनको इनिङ खेलेका जडेजाको तारिफ गर्दै कोहलीले भने, ‘जडेजाले धेरै राम्रो गेम खेले। उनको प्रदर्शन निकै सकरात्मक थियो। न्यूजिल्याण्डले हामीमाथि निकै दबाब बनाए। हामीले सट चयन समेत गलत गरौं। प्रतियोगिताभरि नै राम्रो क्रिकेट खेलेका हामीले अन्तिम ४५ मिनेटमा भने दुखी हुनुपर्यो।’