पुर्व राजा ज्ञानेन्द्र शाह फागुन ५ देखि सक्रिय हुने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पुर्व राजा ज्ञानेन्द्र शाह फागुन ५ देखि सक्रिय हुने



 

हिमाल्पोष्ट/काठमाडौ २६ माघ

पूर्व राजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन। गत बुधबार माघ साँझ चिनीया राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिसँग रात्रीभोजसहितको भेटवार्तापछि उनी बैंकक प्रस्थान गरेका हुन ।

पुर्व राजा शाहले त्यहाँ चीन र भारतका विशेष दूतहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने समाचार सूत्रहरुले जनाएका छन् । बैैंकक जानुअघिका केहि दिनभित्र उनले नेपालका केही राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गरेको बुझिएको छ । शाह २८ गते भित्र स्वदेश फर्कने बताइएको छ ।

राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गरेका छन ।  अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उनले गरेका छन । राजसंस्थाले स्पेस पाउने या नपाउने भन्ने कुराको निर्क्योल गरिसकेपछि शाहबाट ठोस कदम चालिने बताइएको छ ।

बैंककबाट फर्किएपछि सपरिवार मधेसको विशेष भ्रमणमा जाने स्रोतको जानकारी दिएको छ । उनी आगामी फागुन ५ गते बाराको सिमरा पुग्नेछन । फागुन ७ गते पूर्व रानी कोमलको ६७ औं जन्मदिन सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर तराइ मधेसका केही जिल्लाको भ्रमणमा जाने बताइएको छ।