फोरमलाई सरकार छाड्न दबाब - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फोरमलाई सरकार छाड्न दबाब



काठमाडौँ – सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरमलाई पनि समर्थन फिर्ता लिन आग्रह गरेको स्रोतले बताएको छ ।

टीकापुर घटनामा अदालतले रेशम चौधरीसहितलाई जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उसले विचार मिल्नेसँग आन्दोलनका लागि सहकार्य गर्ने पनि बताएको थियो ।

अहिले संघीय समाजवादी फोरमलाई उसले सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको एक नेताले बताए । यसबारे राजपाको अध्यक्ष मण्डलका नेता र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितको छलफल बिहीबारदेखि सुरु भएको छ ।

अबको केही दिनमा ठोस निष्कर्षमा पुग्ने बताइएको छ । फोरम अध्यक्ष सरकारमा मन्त्री रहेकाले समर्थन फिर्ता लिने कुरा सजिलो नभए पनि राजपाले दबाब दिइएको ती नेताले बताए ।

प्रदेश नम्बर दुई मा राजपा र फोरमको गठबन्धन रहेकाले त्यसलाई आधार बनाएर राजपाले दबाब दिएको ती नेताले बताए ।