फोरमले पनि भन्यो : रेशम चौधरीको अदालतको निर्णय मान्दैनौ - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

फोरमले पनि भन्यो : रेशम चौधरीको अदालतको निर्णय मान्दैनौ



काठमाडौं : संघीय समाजवादी फोरमले सांसद रेशम चौधरीसहित ११ जनामाथि अदालत गरेको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार फोरमले एक विज्ञप्ति जारी गर्दै टीकापुर घटनालाई राजनीतिक तवरबाट हल गर्न आग्रह गरेको हो।

तीन वर्षअघि टीकापुरमा एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको घटनामा बिहीबार जिल्ला अदालतले रशेम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलाप्रति असहमति जनाउँदै फोरमले शुक्रबार विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको हो।

फोरमले पश्चिभ तराई/मधेशमा भएका थरूहट आन्दोलन पनि राजनीतिक आन्दोलनका हिस्सा भएकाले यसको समाधान पनि राजनीतिक रूपले नै गर्नुपर्ने पार्टी महासचिव रामसहायकप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। राजनीतिक समस्यालाई कानुनी नभई राजनीतिक तरिकाले हल गरी समस्याको दीर्घकालीन समाधान गर्न फोरमले माग गरेको छ।

‘पश्चिम तराई/मधेशमा भइरहेका थरूहट आन्दोलन पनि राजनीतिक आन्दोलनकै एउटा हिस्सा भएकाले यसको समाधान पनि राजनीतिक रूपले नै हुनुपर्नेमा हालै माननीय रमेश चौधरी लगायतहरूमाथि सम्मानित कैलाली जिल्ला अदालतको फैसलामा उक्त आन्दोलनलाई अपराधिक कार्य भनी गरिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट समस्याको समाधान नभई झन जटिलता उत्पन्न हुन्छ। त्यसकारण सरकारले टीकापुर घटनालाई कानुनी रुपमा हाेइन। राजनीतिक तवरले नै समस्याकाे दीर्घकालीन समाधान गरिनु पर्दछ।’