देढ लाख रुपैयाँको विश्वको पहिलो फोल्डिङ फोन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देढ लाख रुपैयाँको विश्वको पहिलो फोल्डिङ फोन



काठमाडौं — विगत केही समययता एलजी, हुआवे र सामसङ समेत अनेकौं कम्पनीले फोल्ड गर्न मिल्ने फोन ल्याउने योजना बनाइरहेका छन् । यी ठूला कम्पनीले यसमा काम गरिरहँदा एक चिनियाँ कम्पनीले यसलाई बजारमै ल्याइसकेको छ ।

चीनको रोयोल कर्पोरेसन कम्पनीले यो सफलता पाएको हो । संसारकै पहिलो फोल्डेबल फोनको नाम फ्लेक्सपाई हो ।

यो फोन सामान्य स्मार्टफोनभन्दा ठूलो देखिन्छ । फोल्ड हुने भएकाले यसलाई स्मार्टफोन र ट्याब्लेट दुवै रूपमा प्रयोग गर्न सकिन्छ । यसको बीचमा एएमओएलईडी डिस्प्ले हुन्छ ।

फोल्ड गर्न मिल्ने फोन ७.८ इन्चको डिस्प्ले छ । यसलाई फोल्ड गर्दा यो चार इन्चमा झर्छ । फ्लेक्सपाईमा ७एनएम ओक्टाकोर क्वालकम चिपसेट भेटिन्छ । यो सबभन्दा नयाँ स्न्यापड्रागन ८५५ फ्ल्यागशिप प्रोसेसर हो ।

यो स्मार्टफोन तीनवटा कन्फिगरेसनमा पाइन्छ । यससँगै डुअल क्यामरा पनि छ । १६ मेगापिक्सल वाइड एंगल लेन्स र २० एमपी टेलिफोटो लेन्स छ ।

यो फोनमा फास्ट चार्जिङ टेक्नोलोजी र चार्ज भएको कम्पनीको दाबी छ । एक घन्टामा ८० प्रतिशत चार्ज यसले गरिदिन्छ । यसमा यूएसबी टाइप–सी सपोर्ट पनि हुन्छ ।

यो फोन कमर्सियल प्रयोगका लागि तयार छ । डिसेम्बरबाट यसको बिक्री शुरू हुन सक्छ । चीनमा यसको प्रिअर्डर अक्टोबरबाट शुरू गरिएको छ ।

फ्लेक्सपाइको शुरूआती मूल्य ८ हजार ९९९ युआन अर्थात् डेढ लाख रुपैयाँ छ ।

एजेन्सी