फ्लोएडका मुख्य आरोपी अदालत उपस्थित, साढे १२ लाख डलर धरौटी माग - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

फ्लोएडका मुख्य आरोपी अदालत उपस्थित, साढे १२ लाख डलर धरौटी माग



काठमाडौं- अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडको ह’त्याको घटनालगत्तै पदबाट निलम्बित तत्कालीन प्रहरी अधिकारी अदालतमा उपस्थित भएका छन्। ह’त्या गरेको आरोप लागेका मिनिअपलिसका ति अधिकारी पहिलोपटक अदालतमा उपस्थित भएका हुन् ।

घटनालगत्तै पदबाट निलम्बित प्रहरी अधिकारी डेरेक शोभिनसँग अदालतले १२.५ लाख डलर धरौटी मागेको बीबीसीले जनाएको छ। आरोपको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताले बताएका छन्।

डेरेक शोभिनविरुद्ध जार्जको ह’त्या गरेकोलगायत तीन आरोप लगाइएको छ भने अन्य ३ प्रहरी अधिकारीलाई पनि त्यसमा सघाएको अभियोग छ। गत मेमा प्रहरीको नियन्त्रणमै रहेका बेला फ्लोइडको मृत्यु भएको थियो। ह’त्या आरोप लागेका प्रहरीले उनको घाँटी थिचेको भिडियो सार्वजनिक भएको थियो।

उनीहरूको यातनाका कारण फ्लाएडको मृ्त्यु भएको भन्दै अमेरिकामा झन्डै २ हप्तादेखि व्यापक विरोध प्रदर्शन भइरहेको छ।