डुवान क्षेत्रको संयुक्त अनुगमन सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डुवान क्षेत्रको संयुक्त अनुगमन सुरु



काठमाडौं । सप्तरीको डुवान क्षेत्रको अनुगमन नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले तिलाठीबाट थालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखमा नेपाल आएको बेला डुवान क्षेत्रहरुको अनुगमनका लागि संयुक्त प्राविधिक टोली खटाउने दुईराष्ट्र बिच सहमति भएको थियो । सहमति अनुसार खाँडो नदीले डुवानमा पारेको तिलाठी क्षेत्रबाट अनुगमन सुरु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

संयुक्त टोलीले डुवान क्षेत्रहरुको अगुमन गर्ने र बाँध भत्काउनु पर्ने वा खोल्नु पर्ने रिपोर्ट तयार बनाउने जानकारी ज्ञवालीले दिए ।