अविरल वर्षाका कारण देशैभर जनजीवन प्रभावित - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

अविरल वर्षाका कारण देशैभर जनजीवन प्रभावित



file photo

काठमाडौं । शनीबारबाट पर्न थालेको वर्षाका कारण देशैभरका धेरै जसो ठाउँहरुमा दुर्घटना भईरहेका छन् । बाढीका कारण जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।

काठमाडौंको जलंगाको पुलमा एक जनाको शव भेटिएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले दिएको जानकारी अनुसार मृत्यु हुने तारकेश्वर नगरपालिका – ६ बस्ने प्रकाश पुर्काटी हुन् । धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा उनको जनाको मृत्यु भएको हो । प्रमुख पोखरेलले भने ”उनलाई धर्मस्थलीबाट महादेव खोलाले बगाएको हो । उनी बेपत्ता भएको खबर पाउँन साथै टोली परिचालन गरिएको थियो । उनको शवलाई जलंगा पुलमा भेटिएको छ । पोस्टमार्टमका लागि शवलाई टिचिङ हस्पिटल पठाईएको छ ।”

राजधानीका विभिन्न सडकहरुमा पनि निरन्तरको वर्षाका कारण समस्या भईरहेको छ । सामान्य वर्षा हुदाँ पनि हिल्लाम्मे भईहाल्ने यी सडकहरुमा अहिले आवत जावतमा समस्या भईरहेको छ । यत्ति मात्र नभएर भत्किएका सडकमा पानी पर्दा आईपरेको जोखिमका कारण दुर्घटना हुनसक्ने सम्भावना पनि ज्यादै देखिएको छ ।

निरन्तर परिरहेको वर्षाका कारण नवलपरासीका ७० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको जानकारी प्राप्त भएको छ । बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेर जनजीवनलाई अस्तव्यस्त बनाएको छ ।

वर्षाका कारण प्रतापपुरको धनेवा खोलामा पानी सतह बढेर बाँध फुटेको छ । बाँध फुट्दा १०० भन्दा बढि घर विस्थापित भएका छन् । त्यस्तै वर्षाका कारण नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका छन् । नवलपरासीकै बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएपछि त्यहाँ मोटरसाईकल सम्म चलाउन नमिल्ने गरि सडक अवरुद्ध भएको छ ।

तराईंका धेरै जसो जिल्लाहरुमा पानीको सतह बढेका कारण बाढी आउँने जोखिम निक्कै रहेको छ । रौतहटमा पानीको सतह खतरा भन्दा माथि आएको छ । त्यस्तै बिराटनगर, बिरगंञ्ज आदि जस्ता ठाउँमा पनि पानीका कारण जनजीवन अवरुद्ध भएको छ ।