बाढीका कारण बर्दिया उच्च जाखिममा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बाढीका कारण बर्दिया उच्च जाखिममा



File Photo

काठमाडौँ । बर्दियाको विभिन्न नदिहरुमा भारी वर्षाका कारण पानीको सतह खतराको तह भन्दा माथि आईसकेको छ । नारायणी तथा बबई नदीमा पानीले खतराको तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागलेबताए अनुसार आज बिहान ११ बजे बबईको चेपाङमा नदिको पानी खतराको तह भन्दा माथि आईपुगेको हो । ५.५ मिटर चेतावनीको तहभन्दा माथि उठेर नदीको तह ६.१ मिटरको खतराको तहमा रहेको छ ।

नारायणी नदीमा पनि पानीले खतराको तहभन्दा माथि उठेको छ । रिउ खेला, बन्कट्टा क्षेत्रमा चेतावनीको तह ३ मिटर रहेकोमा पानीको सतह बढेर ३.५ मिटरको खतराको तहमा आईपुगेको छ । कर्णाली नदीको चसापानी स्टेसनमा पछिल्लो २४ घण्टामा १८१.८ मिलिमिटर वर्षा भएको मापन भएको छ । त्यहाँ पनि खतराको चेतवानी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ ।

मौसम विज्ञान विभागले बबई नदी, पच्चिम राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी बर्षा मापन भईरहेको जानकारी दिएको छ । नदीको तटिय क्षेत्रमा जलसतह बढ्ने क्रम जारी भएका कारण स्थानियलार्य सर्तक रहन पनि विभागले आग्रह गरेको छ ।