बाढीबाट जोगिन निम्न उपायहरु अपनाउनुहोस - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बाढीबाट जोगिन निम्न उपायहरु अपनाउनुहोस



file photo

निरन्तर भईरहेको वर्षाका कारण तराई क्षेत्रमा विभिन्न ठाउँहरु डुबानमा पर्ने सम्भावना रहेको छ । डुबानमा पर्न सक्ने भएकाले यस्ता ठाउँहरुमा सर्तक रहन आग्रह सरकारले स्थानियलाई गरेको छ ।
वर्षाका कारण बाढी आएर आपतकालिन समस्याहरु आईपर्न सक्ने भएकाले यस समय डुबानका सम्भावित क्षेत्रका स्थानियहरुले केही उपायहरु अपनाउँनु पर्ने देखिन्छ । जसबाट बाढीको समयमा आफूलाई बचाई राख्न केही उपायहरु अपनाउन जरुरी छ ।

बाढीको समयमा अपनाउनु पर्ने केही उपायहरु

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । बाढीका कारण विद्युत अवरुद्ध भई नआउन सक्ने भएकाले मोबाईलको कम प्रयोग गर्नु जरुरी देखिन्छ । केही भईहालेमा इमरजेन्सीको समयमा मोबाइल चाहिन्छ ।

२. सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी लिनका लागी ब्याट्रीबाट चल्ने एउटा रेडियो आप्नो साथमा राख्नुस ।

३. रातको समयमा टर्च लाईट चाहिन्छ । विद्युत नहुँदा अध्याँरोमा टर्च लाईटले ठुलो सहयोग गर्छ ।

४. शुद्ध पानी तथा खानेकुराहरु जोगाउनु जरुरी छ । आपतकालिन अवस्थामा पानी तथा खानेकुराको अवाभ हुनसक्छ ।

५. रुघा, खोकी, जोरो, आदीको औषधि साथ राख्नुहोस । बिरामी र उनिहरुको औषधि, वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्न जरुरी हुन्छ ।

७. निरन्तर पानी परेका कारण पानीको सतह बढदै गएकाले बाढी आउँने उच्च जोखिम छ । त्यसैले राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुहोस । नसुत्नेले वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुपर्छ ।

८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनुपर्छ ।

सबै जना सचेत भएर अहिलेको अवस्थाको सामना गर्न जरुरी देखिन्छ । डुबानका सम्भावित क्षेत्रमा अझ बढि सर्तक भएर रहन पनि जरुरी छ ।