अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गर्दै सरकार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गर्दै सरकार



काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ ।

विदेशमा रहेका नागरिक ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी सरकारले गरेको हो ।

विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भएको बताइएको छ ।

स्रोतका अनुसार उक्त प्रस्तावमा सोमबार निर्णय हुनसक्ने बताएको छ । यो प्रस्तावमा मन्त्रालयमा धेरैपटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको स्रोतको दाबी छ ।

हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइटमार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि हालसम्म कुनै फ्लाइट भएको छैन । केही दिनअघि युएई र म्यानमारले उक्त देशमा रोकिएका नेपाली नागरिकहरुलाई उनीहरुकै विमानबाट नेपाल ल्याइदिएको थियो ।