फाइजर भ्याक्सिन लगाएकी महिलाको अचानक निधन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

फाइजर भ्याक्सिन लगाएकी महिलाको अचानक निधन



एजेन्सी- फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ । ४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो।

पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्। उनी दुई बच्चाकी आमा हुन्।डेलिमेलमा छापिएको समाचार अनुसार फाइजरको भ्याक्सिन लगाएपछि उनमा कुनै साइड इफेक्ट भने देखिएको थिएन।

सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको हालत सामान्य नै रहेको बताएका छन्।

तर, उनले आफ्नी छोरीको मृत्यु के कारणले भएको हो भन्ने जान्न खोजेको बताएका छन्।उनले ३० डिसेम्बरमा भ्याक्सिन लगाएको बताइएको छ।