फस्ट स्टेपको फेयरको उद्घाटन मन्त्री गिरीबाट - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

फस्ट स्टेपको फेयरको उद्घाटन मन्त्री गिरीबाट



बुटवल । फष्ट स्टेप एजुकेशनल कन्सन्टेल्सीले दशौ वर्षप्रवेशको अवसरमा बुटवलमा शैक्षिक मेला आयोजना गरेको छ । मेलाको उद्योग पर्यटन तथा बन मन्त्री लिला गिरीले रिबन काटेर र दिप प्रज्वलन गरी शुभारम्भ गरेका हुन् ।

दशौ वर्ष प्रवेशको अवसरमा चैत ९ र १० गते दुई दिन आम्रपाली कटेजमा शैक्षिक मेला गरिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बताए । स्टेपले अष्टेलिया, अमेरिकामा जान चाहने विद्यार्थीहरुलाई समेत अनुभवी परामर्शदाताहरुबाट परामर्श दिने काम गरेको उनले बताए ।

प्लस टु अध्ययन गर्दैै गरेका विद्यार्थीहरु लक्षित गरि आयोजना गरिएको सो छात्रबृत्ती टेष्टमा प्रथम हुने एक जनालाई १ लाख बराबरको स्कर्लरसिप प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा ६० मिनेटमा ६० प्रश्नहरु सोधिने र प्रत्यक्ष छात्रवृति प्रदान गरिने बताए ।यसैगरिमेलामा विभिन्न २० बढि युनिर्भ्सिटिका ब्यक्तित्वहरुले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई शैक्षिक अध्ययनका विषयमा ज्ञानहरु दिने उनले बताए ।

१ सय ५० बढि शैक्षिक संस्थाहरुमा २५ बढि कोर्षहरुमा दशौ वर्षको अनुभवि परामर्शदाताहरुले परामर्श दिदै आएको छन । देशका प्रमुख शहरहरुमा को–एजेन्सीहरुमार्फत स्टेपले परार्मश दिदै आएको छ ।