फ्रान्सलाई पनि रोक्ने क्रोएसियाको यस्तो तयारी, - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फ्रान्सलाई पनि रोक्ने क्रोएसियाको यस्तो तयारी,



एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो ।
फाइनल खेल १५ जुलाईमा रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो ।

फ्रन्सले पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो ।

फ्रान्सको जितमा सामुएल उमटिटी नायक बनेका थिए । उनकै निर्णायक गोलमा फ्रान्स उपाधि नजिक पुगेको हो । खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भएको थियो ।

फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

क्रोएसिया इतिहास रच्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको टिम हो । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि क्रोएसियाले जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । यसअघि खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा भने क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए ।

क्रोएसियाले इंग्ल्यान्डलाई पारजित गर्दै इतिहास बनाउन सफल भयो । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो ।