नेकपा विवाद फेरि उत्कर्षमा: प्रदेशदेखि केन्द्रसम्म तनाव - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेकपा विवाद फेरि उत्कर्षमा: प्रदेशदेखि केन्द्रसम्म तनाव



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेश कमिटीको विवादको विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक-आपसमा बाझिने गरी फरक-फरक निर्देशन जारी गरेपछि विवाद उत्कर्षमा पुगेको हो । 

अध्यक्षद्वयको विज्ञप्तिले नेकपाभित्रको विवाद थप बल्झिने संकेत मात्र गरेको छैन कर्णाली प्रदेशको लडाईले अन्य प्रदेशको समिकरणमा समेत असर गर्ने देखिएको छ ।

पार्टी अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएलगत्तै अर्का अध्यक्ष प्रचण्डले पनि ओलीले जारी गरेभन्दा फरक आशयको निर्देशन दिएका छन्। 

ओलीले जारी गरेको निर्देशनमा प्रमुख सचेतक गुलाफजंग शाहमाथि गरिएको कारबाही फिर्ता लिन र पूर्ववत् अवस्थामा प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न भनिएको छ। 

तर, प्रचण्डले जारी गरेको निर्देशनमा भने ४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश कमिटी र प्रदेश सरकारले समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरिएको छ।

कर्णाली प्रदेशका इन्चार्जका नाममा जारी गरिएको प्रचण्डको निर्देशनमा पार्टीका अन्य नेताहरूलाई समेत बोधार्थमा राखिएको छ ।

४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफल अनुसारकै सहमति कार्यान्वयन गर्न प्रचण्डले निर्देशन दिएका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अन्त्यमा पाँच सांसदले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको छ।

कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

तर, कर्णालीमा देखिएको विवादको असर नेकपाको केन्द्रमा समेत परेको छ।