फेरि स्थगित भयो एमाले कार्यदलको बैठक
काठमाडौं– नेकपा एमाले कार्यदलको बैठक पुनः स्थगित भएको छ । एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक आजपनि स्थगित भएको हो ।
आज बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक एकाएक स्थगित भएको एक सदस्यले जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने गरी आजलाई स्थगित गरिएको बताइएको छ ।
यसअघि बुधबार बस्ने कार्यदलको बैठक स्थगित भएर बिहीबार ५ बजे बस्ने तय भएको थियो। आन्तरिक सहमतिमै बैठक स्थगित गरिएको ति सदस्यले बताए ।
राष्ट्रिय सभाको निर्वाचन लगायतका विषय भएकाले भोलि (शुक्रबार) बस्ने गरी कार्यदलको बैठक स्थगित गरिएको उनको भनाई छ।