फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक: साउन ४ गते बस्ने - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक: साउन ४ गते बस्ने



काठमाडौं- नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजको लागि तय भएको नेकपाको स्थायी कमिटी बैठक फेरि सारिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन्।

आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो।

अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ। स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति यसअघि नै भएको थियो।

बिहीबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो।

तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो।