प्रधानमन्त्री बिहिबार पनि शितलनिवासमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रपतिसँग भेट निकै बाक्लो बन्दै गैरहेको छ । पछिल्लो ३६ घण्टामा मात्रै प्रधानमन्त्री ३ पटक परामर्शका लागि शितलनिवास पुगेका छन् ।
बिहिबार बिहानै शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले लामो समय त्यहाँ बिताएको स्रोतले जनाएको छ । बिहान करिव १०:३० मा राष्ट्रपति निवास पुगेका उनी साढे १२ बजे बालुवाटार फर्किएका थिए ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ ।