मोहन बैद्यले भने : फेरी क्रान्ति नगरी नहुने भयो - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

मोहन बैद्यले भने : फेरी क्रान्ति नगरी नहुने भयो



काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा अझै क्रान्ति अपरिहार्य रहेको बताएका छन् ।

जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को शनिवार गर्दै वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए पनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य भएको बताए ।

उनले माक्र्सवादी दर्शनमा आस्था राख्ने प्रगतिवादी साहित्य आन्दोलनका धरोहर स्वर्गीय ढकाललाई राज्यबाट सम्मान हुनुपर्ने बताए ।

उनले नेपालमा जनयुद्धको प्रक्रिया शुरु भएदेखि नै आफ्नो सानिध्य ढकालसँग रहेको र जनयुद्ध र सामाजिक परिवर्तनमा ढकालको योगदान अविष्मरणीय रहेको चर्चा गरे ।

लेखक, चिन्तक तथा प्राध्यापक हुँदै विभिन्न समयमा क्रियाशील कम्युनिष्ट पार्टीको उच्च पदमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय ढकालको अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा रहेकै अवस्थामा विसं २०६८ मा निधन भएको थियो ।