जल तथा मौसम बिभागले भन्यो-फेरी हावाहुरी र वर्षा हुन्छ सचेत हुनुहोला ! - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जल तथा मौसम बिभागले भन्यो-फेरी हावाहुरी र वर्षा हुन्छ सचेत हुनुहोला !



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकमा विभिन्न भागका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ । हावाहुरीले क्षमताबारे भने महाशाखाले प्रस्ट्याएको छैन् । महाशाखाकी मौसमविद् शान्ति कँडेलले हावाहुरीको गति र क्षमता भन्न नसकिने बताउनुभयो ।

प्रि–मनसुनका बेला मेघजर्गनसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न शुरु गरिएको उहाँले बताउनुभयो ।

महाशाखाले मंगलबार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधबार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहितको वर्ष हुने उल्लेख गरेको छ । यसअघि महाशाखाले आफ्नै बुलेटिनमा हावाहुरीबारे उल्लेख गर्थेन । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।